विद्यालय परिसरमा लायन्स कपिलवस्तुको वृक्षारोपण

कपिलवस्तु
स्वच्छ हावाका लागि वृक्षारोपण भन्ने मन्त्रलाई आत्मसाथ गदैँ लायन्स क्लव अफ कपिलवस्तु वर्ष २०२३/२४ ले विद्यालय परिसरमा टिगार्ड सहित वृक्षारोपण गरेको छ । लायन्स क्लव अफ कपिलवस्तुको वार्षिक कार्यक्रम अन्तर्गत आज बाल माध्यमिक विद्यालय बैरीयामा विभिन्न किसिमका बिरुवाहरु लगाएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दोलकराम घिमिरेको प्रमुख आथितियता कार्यक्रममा रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अथिति घिमिरेले वृक्षारोपण धेरैले गरेको तर लायन्स क्लव अफ कपिलवस्तुले जस्तो फरक र उत्कृष्ट तरिकाले कसैले पनि वृक्षारोपण नगरेको बताउनु भएको थियो ।

लायन्स क्लव अफ कपिलवस्तुले लगाएको बिरुवाहरु हुकाउने जिम्मा विद्यालयको मात्र नभई क्लवको पनि भएकाले यसको पुर्ण रुपमा हेरचार गर्ने जिम्मा पनि क्लवको रहेको क्लवका अध्यक्ष ओम प्रकास घिमिरेले बताउनु भएको थियो ।

क्लव डिस्ट्रिक्ट डेपुटि चिफ लायन कृष्ण के.सि., डिस्ट्रिक्ट डिपार्टमेन्ट मेम्बर लायन धातानन्द भुसालको आतिथ्यता कार्यक्रममा रहेको थियो ।

कार्यक्रममा क्लवका सदस्यहरुले विरुवा र टिगार्डको सौजन्य गरेका थिए । लायन्स क्लव अफ कपिलवस्तुको आयोजना रहेको कार्यक्रममा लायन्स क्लव अफ कपिलवस्तु दिदिबहिनी, लियो क्लव अफ कपिलवस्तुको समन्वय रहेको थियो ।

कार्यक्रममा लायन्स क्लव अफ दिदिबहिनी , लियो क्लव अफ कपिलवस्तुका सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो ।

आयोजित कार्यक्रम क्लवका अध्यक्ष ओम प्रकास घिमिरेको अध्यक्षता, प्रथम उपाध्यक्ष नवदत्त्त घिमिरेको स्वागत मन्तव्य रहेको कार्यक्रम क्लवका सहसचिव दामोदर पन्थीको सञ्चालन तथा समन्वयमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया