बुद्धभुमिमा गुडुरुङ नियन्त्रणका लागि बृक्षरोपण

कपिलवस्तु । कपिलवस्तुको बुद्धभुमि नगरपालिका वडा नम्बर १ पथरकोटमा गुडुरुङ नियन्त्रण उपभोक्ता समितिले बृक्षरोपण गरेको छट । उपभोक्ताहरुको माग अनुसार  आँप, लिचि, कागति लगाएतका बिरुवाहरु शुक्रबार रोपिएको हो ।

बुद्धभुमि नगरपालिकाका नगर प्रमुख केशवकुमार श्रेष्ठको प्रमुख अतिथ्यतामा उक्त बिरुवा रोपिएको  गुडुरुङ नियन्त्रण उपभोक्ता समितिका अध्यक्ष सीता बेल्वासेले बताउनुभयो । यहाँ झण्डै १५सय विभिन्न प्रजातिका बिरुवाहरु रोपिएको छ ।

भु तथा जलाधार कार्यलय अर्घाखाँचीको प्राबिधिक तथा आर्थिक सहयोगमा बिरुवा उपलब्ध भएको  समितिका अध्यक्ष बेल्वासेले जानकारी दिनुभयो । भु–जलाधार कार्यलयले गुल्मी, अर्घाखाँची र कपिलवस्तु गरि ३ जिल्लामा काम गर्ने र जनताको माग अनुसार ३ जिल्लामा बिरुवा बितरण गरिएको कार्यालय अर्घाखाँचीका प्रमुख शम्भु शङकर झाले जानकारी दिनुभयो ।

प्रतिक्रिया