
कपिलवस्तु : सर्पले डसेको थाहा नहुँदा दाजुभाइको मृत्यु




जानु पाण्डे
सर्पले डसेको थाहा नपाउँदा कपिलवस्तुमा दाजुभाइसहित चार जनाको मृत्यु भएको छ । सोमबार राति बुद्धभूमि नगरपालिका १ कपासीमा दाजुभाइको सर्पले डसेर मृत्यु भएको हो ।
मृत्यु हुनेमा वर्ष १२ का दीपक भुसाल र वर्ष ९ का प्रदीप भुसाल छन् । दुबै जना पारिजात बोर्डिङ स्कुल गोरुसिङेमा अध्ययन गर्दै आएका थिए । राति मृतक दाजुभाइ हजुरआमासँगै भुइँमा अाेछ्यान लगाएर सुतेका उनीहरु बिहान अचेत अवस्थामा देखिएपछि उपचारका लागि स्थानीय मेडिकलमा पुर्याइएको थियो । त्यहाँबाट उपचार सम्भव नभएपछि उनीहरुलाई थप उपचारका लागी लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पुर्याइएको थियो ।
घरबाट पाँच किलोमिटरमा सर्पदंश उपचार केन्द्र छ तर सर्पले डसेको शङ्का नै भएन । अरु होला भनेर उपचारका लागि बुटवल लगिएको स्थानीय पशुपति शर्माले बताउनुभयो । अस्पतालको रिपोर्टमा सर्पदंशको कारण मृत्यु भएको टिपोट भएको कपिलवस्तु सर्पदंश उपचार केन्द्रका व्यवस्थापक नवीन भण्डारीले बताउनुभयो । हजुरआमालाई अहिले सर्पदंश उपचार केन्द्र भर्ना गरिएको छ । उहाँको अवस्था सामान्य रहेको भण्डारीले जानकारी दिनुभयो ।
मृतक दाजुभाइको बुवाको केही महिना अगाडि मृत्यु (आत्महत्या) भएको थियो । बुवाको मृत्युपछि आमा बवैदेशिक रोजगारीमा जानुभएको थियो । मृतक दाजुभाइलाई हजुरबुवा र हजुरआमाले रेखदेख गर्दै आउनुभएको थियो ।
यसैगरी सोमबार सर्पले डसेको थाहा नहुँदा थप दुई महिलाको मत्यु भएको सर्पदंश उपचार केन्द्रले जनाएको छ । मृत्यु हुनेमा महाराजगञ्ज नगरपालिकाका ३१ वर्षीया अनिता यादव र बुद्धभूमि नगरपालिका वडा नम्बर १० धनकौलीका वर्ष १४ की ममता चमार छन् ।
दुबै जनालाई गोमन सर्पले डसेको हुन सक्ने बताइएको छ । पेट दुख्ने, थुक निल्न गारो हुने, आँखा खोल्न अप्ठ्याराे हुने, शरीर दुख्ने जस्ता लक्षण सर्पको डसाइको हुने भएकोले त्यस्तो देखिएमा सर्पदंश उपचार केन्द्रमा जानुपर्ने भण्डारीले बताउनुभयो ।


खबर सबै
-
लुम्बिनीको नीति : कृषि र प्रांगारिक उत्पादनलाई उच्च प्राथमिकता, युवालाई व्यावसायिक कृषिमा जोड्ने योजना
-
गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा दाङका एक युवकको घटनास्थलमै मृत्यु
-
रोल्पामा चरेससहित चार युवा पक्राउ
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्नेमा
-
बाणगंगा ९ को एउटा विद्यालय, ‘विद्यार्थी नहुँदा संकटको स्थितिमा’
-
लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्नेमा
-
बाणगंगा ९ को एउटा विद्यालय, ‘विद्यार्थी नहुँदा संकटको स्थितिमा’
-
लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै
-
माेतिपुरदेखि दिपज्याेती माेवाइल वर्ल्डकाे नयाँ यात्रा चारनम्बरबाट सुरु, यसरी भयाे ओपनिङ, एक महिना भारि अफर
-
बाणगंगा नदी दोहनविरुद्ध राष्ट्रिय जनमोर्चा कपिलवस्तुको कडा वक्तव्य !
-
कपिलवस्तुमा आँप टिप्न जाँदा हाँगो भाँचिएर बालिकाको मृत्यु
प्रतिक्रिया