अमेरिकामा हुने लायन्सको अन्तराष्ट्रिय सम्मेलनका लागि कपिलवस्तुका प्रतिनिधि घिमिरेलाई बिदाई

कपिलवस्तु

हामी सेवा गछौँ भन्ने मुल उदेश्य बोकेर हिडेको लायन्स क्लव अफ कपिलवस्तु ३२५ पि नेपालले अमेरिकाको बोस्टन शहरमा हुने १०५ औँ लायन्स अन्तराष्ट्रिय सम्मेलनका लागि लायन्स कपिलवस्तुका प्रतिनिधि तथा लायन्स ३२५ पि का डिस्ट्रिक डेपुटी सेक्रेटरी तथा लायन्स क्लव अफ कपिलवस्तुका पुर्व अध्यक्ष सुरेन्द्र घिमिरेलाई बिधाई गरेको छ ।

यहिँ जुलाइ ७ देखि ११ सम्मका लागि अन्तराष्ट्रिय सम्मेलनमा सहभागिता जनाउन घिमिरे जान लागेका हुन् । अन्तराष्ट्रिय सम्मेलनबाट घिमिरेले लायन्स क्लव अफ बुद्धभुमिको औपाचारिक घोषण गर्ने कार्यक्रम समेत तय भएको क्लवका २३/२४ का अध्यक्ष ओम प्रकाश घिमिरेले बताउनु भएको छ । घिमिरे यस अघि इटलीमा भएको अन्तराष्ट्रिय सम्मेलनमा पनि लायन्स कपिलवस्तुको प्रतिनिधि भएर गएका थिए ।

क्लवको सचिवालयमा आयोजित बिदाई कार्यक्रममा संस्थापक अध्यक्ष कृष्ण के.सी, पुर्व अध्यक्ष राम शुभागे थारु, २३/२४ का अध्यक्ष ओम प्रकाश घिमिरे सहित अन्य सदस्यहरुको उपस्थिती रहेको थियो । बिदाई कार्यक्रममा घिमिरेलाई नेपालको झण्डा, ब्यानर सहित क्लवले बिदाई गरेको थियो ।

प्रतिक्रिया