लायन्स कपिलवस्तु डिस्ट्रिक्टमै उत्कृष्ट

नवराज बेल्वासे

हामी सेवा गछौँ भन्ने मुल नारालाई आत्मसाथ गर्दै लामो समय देखि सामाजिक क्षेत्रमा कार्यरत लायन्स क्लव अफ कपिलवस्तु लायन्स अन्तराष्ट्रिय ३२५ पि डिस्ट्रिक्टमै उत्कृष्ट क्लवहरुको सुचिमा परेको छ । होटल पौवा बुटबलमा लुम्बिनी प्रदेश कानुन, सामान्य प्रशासन तथा खानेपानी मन्त्री सन्तोष पाण्डेको प्रमुख आथितियतामा सम्पन्न ३२५ पिको चौथो डिस्ट्रिक्ट क्याबिनेट बैठकमा विभिन्न विधामा क्लवले उत्कृष्ट सेवाका कार्यहरु गरेकोमा पुरस्किृत भएको हो । ३२५ पि अन्तर्गत १९१ ओटा क्लवहरु रहेका छन् ।

नेपालमा पहिलो पटक ‘साइकल प्लाङक ब्यालेन्स’ प्रतियोगिता आयोजना गरेर इतिहास रचेको लायन्स कपिलवस्तु उत्कृष्ट क्लवको आर्वड समेत हात पारेको छ । यस्तै क्लवले लियो क्लव extension आर्वडबाट समेत क्लव सम्मानित भएको छ ।

लायन्स क्लव अफ कपिलवस्तु वर्ष २०२२/२३ का अध्यक्ष राम शुभागे थारुले बेस्ट क्लव अध्यक्षको आवर्ड पाए भने लायन्स कपिलवस्तुको इतिहासमा पहिलो पटक सचिव शान्तराज गैरेले outstanding club secretory आवर्ड हात पारेका थिए । यस्तै लायन्स क्लव अफ कपिलवस्तुका पुर्व अध्यक्ष तथा हाल ३२५ पि का रिजन चियर पर्सन सुरेन्द्र घिमिरेले उत्कृष्ट जोन चियर पर्सन आवर्डले सम्मानित भएका थिए ।
चौथो क्याविनेट बैठकबाट क्लवका पुर्व अध्यक्ष धातानन्द भुसालले क्याबिनेट अफिसर आवर्डबाट सम्मानित भएका थिए ।

क्लवले पाएको सफलता क्लवका पदाधिकारीले मात्र नभई सिङ्गो क्लवका सदस्यहरुको योगदान, मिहेनतले गर्दा सफलता पाएको सचिव शान्तराज गैरेले बताएका् छन् ।

आयोजित चौथो क्याविनेट बैठक डिस्ट्रिक्ट गर्भनर PMJF नवराज न्यौपानेको अध्यक्षता तथा सचिव सन्दीप कसौधनको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया