पशुपतिमा ‘भोकालाइ भोजन प्यासी लाई पानी’ अभियान संचालन

दुर्गा प्रासद काफ्ले, कपिलवस्तु । काठमाण्डौँ स्थित पशुपतिनाथ मन्दिर परिसरमा रहेका दिनदुखी, अशक्त व्यक्तिहरुको सेवा गर्ने सुनौलो अवसरका साथ जय महांकाल युवा समुहले उनीहरुलाई भोजन दिलाएको छ ।

पशुपति क्षेत्र विकासा कोषसंगको सहकार्यमा पशुपति क्षेत्रमा रहेका भोका मानिसहरूको पेट भर्ने कार्य गत शनिबार देखी संचालन गरिएको हो । पशुपति विकासा कोषमा आयोजित एक कार्यक्रममा कोषका सदस्य सचिव डा. मिलन ढकालले मानव धर्मको रक्षाको लागि जय महांकाल युवा समुहको कार्यलाई उच्च मुल्याङ्कन गर्दै यस्तै युवाहरूको समुहले नै देश र धर्मको रक्षा गर्ने बताउनुभयो ।

जय महांकाल युवा समुहको आयोजना र पशुपति बिकाश कोषको सहयोगमा पशुपतिनाथ क्षेत्रमा रहेका अनाथ तथा बेसाहारा नागरिकहरुलाई भोजन ग्रहण गराइएको जय महाकाल युवा समहले जनाएको छ ।

समुहले शनिबारबाट पशुपति क्षेत्रमा भोकालाई भोजन प्यासीलाई पानी अभियान संचालन गर्दै भोजनदान गरेको हो । जय महाकाल युवा समूहका सल्लाहकार फिलिङ तामाङले समूहले देशको ७७ वटै जिल्लाहरुमा पुण्यको काम गर्दै आइरहेको र सबैको सोच जय महाकालको जस्तै सामाजिक कार्यमा लगाउन सके देशले काचुली फेर्ने बताउनु भयो ।

यस्तै पशुपति बिकाष कोषका सचिव लगाएत आफूहरुको यो अभियानलाई सहयोग गर्ने सबैलाई संस्थाका केन्द्रिय कार्यसमिति सदस्य अनिस त्रिपाठीले धन्वयवाद दिनुभएको छ ।

लिलानाथ भन्डारीको अध्यक्षता, फिलिङ तामाङको प्रमुख आतिथ्यता, मनिष बि कको विशिष्ट आतिथ्यता, अतिथी सल्लाहकार पुरुषोत्तम गिरि अनिस त्रिपाठीको संचालनमा कार्यक्रम सम्पन्न भएको केन्द्रिय सदस्य पारस भुसालले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया