कपिलवस्तुमा गरियो लैङ्गीक हिंसा तथा मानव वेचविखन सम्बन्धी सचेतना

कपिलवस्तु । लैङ्गीक हिंसा तथा मानव वेचविखन सम्बन्धी सचेतना कार्यक्रम शनिवार कपिलवस्तु नगरपालिका वडा नम्बर ५ बभनीमा सञ्चालन भएको छ ।

तिलौराकोट युवा क्लब तथा सूचना केन्द्रको आयोजना, कपिलवस्तु नगरपालिकाको सहयोग तथा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको प्राविधिक सहयोगमा सञ्चालित कार्यक्रममा स्थानीय महिलाहरुलाई लैंङ्गीक हिंसा भनेको के हो? मानव वेचविखन तथा त्यसबाट बँच्ने उपायहरुको बारेमा प्रशिक्षण गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरिक्षक रेशमलाल पौडेलले सहजीकरण गर्नु भएको सो कार्यक्रममा कपिलवस्तु नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष मोहनलाल शर्मा, नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख पदम श्रेष्ठ, सामुदायिक प्रहरी सहायक हवल्दार धन बहादुर खत्री, कपिलवस्तु नगरकार्यपालिका सदस्य प्रेम देवी कोरी लगायतको आतिथ्यता सम्पन्न भएको थियो । सचेतना कार्यक्रममा सहभागी महिलाहरुले महिला हिंसा तथा मानव वेचविखन सम्बन्धि आफ्ना जिज्ञासाको निरुपण गरेका छन् ।

सहभागीहरुले विभिन्न वहानामा अझै पनि मधेसमा लैङ्गीक हिंसा कायमै रहेकोले यसका विरुद्ध उचित कदम चाल्न तर्फ सरोकारवालाको ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया