साइबर सुरक्षा केन्द्र सञ्चालनमा ल्याउने घोषणा
काठमाडौं
सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र सञ्चालनमा ल्याउने घोषणा गरेको छ । अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सोमबार सो घोषणा गरेका हुन् ।
संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री महतले भने–‘राष्ट्रिय साइबर सुरक्षा केन्द्र सञ्चालनमा ल्याएर साइबर सुरक्षा जन्य जोखिमलाई नियन्त्रण गरिने छ ।’ डिजिटल मिडिया प्रयोगलाई व्यवस्थित र मर्यादित बनाउने उल्लेख गर्दै अर्थमन्त्री महतले भने–‘डिजिटल मिडिया नियमनका लागी कानुनी व्यवस्थामा सुधार गरिने छ ।’
प्रतिक्रिया