प्रि–बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महत

काठमाडौं

संघीय संसदअन्तर्गत प्रतिनिधिसभामा बजेटका सिद्धान्त तथा प्राथमिकता (प्रि–बजेट) माथि भएको छलफलका क्रममा उठेका प्रश्नको जवाफ आज अर्थमन्त्री डा. प्रकाशशरण महतले दिने भएका छन् ।

अर्थमन्त्री डा. महतले आइतबार बजेटका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गरेपछि सोमबारबाट (प्रि–बजेट) माथि छलफल सुरु भएको थियो ।  उक्त छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ आज मन्त्री महतले दिन लागेका हुन् ।

संसद् सचिवालयका अनुसार बिहान ११ बजेका लागि बैठक बोलाइएको छ । प्रि–बजेट छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ अर्थमन्त्रीले दिएपछि सरकारको नीति तथा कार्यक्रम आउनेछ ।

जेठ १५ गते बजेट प्रस्तुत गर्ने संवैधानिक प्रावधान छ ।

 

प्रतिक्रिया