कोइलीचौर सामुदायिक वनमा योग कक्षा संचालन
कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकाका स्थित वडा नम्बर भलवाडमा निशुल्क योग कक्षा संचालन गरिएको छ । जहाँ हरेक बिहान स्थानीयहरुले योग कक्षा लिने गरेका छन् । बैशाख १७ देखि २१ गते सम्म संचालनमा रहेको उक्त योग कक्षामा बाणगंगा नगरपालिका वडा नम्बर ९ भर्तापुर स्थित कोइलीचौर साना किसान सामुदायिक वन समुहको सहयोगमा पतञ्जली योग जिल्ला समिति तथा बाणगंगा नगर समितिले कार्यक्रमको आयोजा गरेको हो ।
कोइली चौर साना किसान सामुदायिक वनका अध्यक्ष कुन्तामणी भुषालका अनुसार पाँच दिने उक्त योग कक्षामा स्थानीयहरुले योगको महत्वलाई बुझेर हरेक दिन उल्लेख्य सहभागिता जनाइरहेको जानकारी दिनुभयो । निरोगी जीवन व्यतित गर्न मानव जीवनमा योग अपरिहार्य रहेको भन्दै उहाँले योग कक्षा सञ्चालन अवधिभर सक्रिय सहभागिता जनाउन पनि आग्रह गर्नुभएको छ ।
पतञ्जली योग जिल्ला समिति र नगर समितिले यहाँका विभिन्न संघ सस्थहरुसँग समन्वय गरी विभिन्न स्थानमा योग कक्षा सञ्चालन गर्दै आएको छ । उक्त पाँच दिने कक्षामा पतञ्जलीका बरिष्ठ उपाध्यक्ष शंकर आचार्य लगाएतका पदाधिकारीहरुले कक्षा सञ्चालन गर्नुभएको बताइएको छ । योग गरौँ निरोगी रहौँ भन्ने नाराका साथ कोइलीचौर सामुदायिक वनका उपभोक्तहरुलाई उक्त योग कक्षा सञ्चालन गरिएको हो । कोइली चौर साना किसान सामुदायिक वनको भवन भर्तापुरमा पाँच दिने योग कक्षाको आयोजना गरिएको छ ।
प्रतिक्रिया