परिवर्तनका पाइलाहरु

नारायण खनाल : देशमा राजाको निरंकुश तानाशाही पञ्चायती व्यवस्थाको दबदबा थियो । राजनितिक दलहरु प्रतिबन्धित अवस्थामा थिए । पत्रपत्रिका र रेडियोहरु माथि राजाको एकाधिकार थियो । संभवत ४० को दशकको कुरा हो । त्यो बेला म भारतको पंजाब प्रान्तको लुधियानामा बस्दथे । त्यो ताका प्रायःसबै जसो नेपालीहरु भारतको दिल्ली ,मुम्बई कोलकत्ता ,मन्द्रासका अलावा देशका कैयौं ठुला साना शहरहरुमा कामकाजको खोजिमा जाने प्रचलन थियो । त्यो बेला अहिले जस्तो अन्य देशमा जाने प्रचलन बिल्कुलै थिएन । सन १८१६ को कुख्यात सुगौलि सन्धि भन्दा पहिला नेपालीहरु कामकाजको खोजिमा बर्मा जाने प्रचलन थियो । तत्कालीन ब्रिटेन – भारतको इष्ट इण्डिया कम्पनी सरकार र नेपाल बीचमा भएको सुगौलि सन्घि सङ्गै कोसी पुर्वको धेरै ठुलो भुमि नेपालले गुमाए संङ्गै बर्मा जाने प्रचलन बन्द भएको कुरा हाम्रो हजुरबुबा र बुबाले सानो छदा बताउने गर्नुहुन्थ्यो ।

त्यो ताका भारतको पंजाब प्रान्तमा नेपाली युवाहरुको बाक्लो उपस्थिति थियो । त्यो बेला भारतमा दुईवटा राजनैतिक घटनाहरु घटेका थिए – एउटा पंजाबको अम्रित शहर स्थित गुरुद्धारामा (गोल्डेन टेम्पल) लुकेर बसेका पंजाबका धार्मिक नेता सरदार जनरेल सिंह भिण्डराबाला र उनको टिमको मिलेटरी अप्रेसनमा हत्या, दोश्रो त्यसको केही समय पछि भारतीय प्रधानमन्त्री इन्द्रा गान्धीको हत्याले सामन्यतया पुरै भारत बिशेषत पंजाब पुरै तनाबग्रस्त थियो । त्यसको असर नेपाली कामदार र मजदुरहरु माथि परेको थियो । म जुन स्थानमा डेरा गरेर बस्दथे त्यो घरबेटी धार्मिक नेता जनरल सिंह भिण्डराबालाका कट्टर समर्थक भएको ठानेर एक दिनलाई पंजाब पुलिसले गिरफ्तार गर्याे र उनको घरबाट त्यहाँको प्रहरीले एक थान चाइनिज पेस्तोल समेत बरामद गरेको बतायो । उसले चाइनिज पेस्तोल बरामद गरेको थियो वा थिएन, त्यो कुराको मलाई थाहा भएन । त्यो बेला म जम्मा जम्मी १५ बर्षको भएको थिए । मलाई राम्रोसँग त्यहाँको भाषामा बोल्न समेत आउदैन्थ्यो । तर सोधपुछका लागि मलाई समेत प्रहरीले लगेको रहेछ । त्यो कुरा थाहा पाए पछि भारत स्थित नेपालीहरुको संङ्गठन अखिल भारत नेपाली एकता समाजका नेता कार्यकर्ताहरुले थाहा पाए पछि प्रहरी हिरासतबाट मलाई छुट्टाउनु भयो र म हिरासत मुक्त भएँ र त्यसै दिन देखि म पुरानो डेरा छोडेर नयाँ डेरा सरेँ ।

प्रवाशको बसाई :

यस परिघटनाले एकतिर र अर्काे तिर प्रवाशको बसाईले म अखिल भारत नेपाली एकता समाजको सदस्यता लिए र भारत स्थित नेपालीहरुका ब्यक्तिगत र सामाजिक समस्याहरु समाधान गर्ने काम लाई निरन्तरता दिन थाले । प्रारम्भमा टोल समिति , एरिया समिति ,नगर समिति हुदै क्षेत्रीय समितिका विभिन्न पदमा रहेर पंजाब हरियाणा, हिमाञ्चल प्रदेशका विभिन्न जिल्लाहरुमा पुगेर काम गर्ने अवसर प्राप्त गरेँ । त्यो बेला अखिल भारत नेपाली एकता समाजका अलावा अखिल भारत नेपाली बामपंथी युवक मोर्चा भन्ने अर्को संङ्गठन थियो । त्यो बेला त्यसको केन्द्रीय अध्यक्ष कपिलवस्तु जिल्लाका बामपंथी नेता मेघराज ज्ञवाली हुनुहुन्थ्यो । यस संङ्गठनको सदस्यता प्राप्त गर्न त्यो बेला त्यति सजिलो थिएन किनकि त्यो बेला नेपालमा निरकुंश पंचायती तानाशाही व्यवस्था रहेको थियो । त्यो कारणले त्यो संङ्गठनको चरित्र अर्धभुमिगत टाइपको थियो । त्यसका प्रायःजसो बैठक ,भेला ,सम्मेलन,सदस्यता बितरण जस्ता काम र गतिविधिहरु प्रायः रात्रि कालिन समयमा वा ज्यादै गोप्य तरिकाले, त्योपनि धेरै परिपक्व युवाको बिचमा हुने गर्दथे । यस संङ्गठको सदस्यता प्राप्त गर्नका निम्ति अखिल भारत नेपाली एकता समाजको विधान ,घोषणा पत्र, निति तथा कार्यक्रमका अलावा न्युनतम अनुशासन र गोपनियता समन्धि मापदण्ड पूरा गरेको हुनै प्रर्दथ्यो । म त्यस संङ्गठनको सदस्यता पनि लिए र एवम् रितले क्षेत्रीय समिति सम्म पुगेर काम गर्ने अबसर प्राप्त गरे । यसरी पहिला खुला र पछि अर्धभुमिगत संङ्गठनको जिम्मेवारी सम्हाल्दै आएको ६ बर्ष पछि अर्थात वि.सं. २०४६ सालमा आएर बल्ल मात्रै नेकपा ( मसाल ) सदस्यता प्राप्त गरे । त्यो बेला त्यो पार्टी पुरै भुमिगत थियो र त्यसको महामन्त्री मोहन बिक्रम सिंह हुनुहुन्थ्यो र त्यो बेला पुरै भारतलाई एउटा जिल्ला मानेर देशको जनवादी आन्दोलनमा पुरै भुमिगत तरिकाले पार्टीलाई योगदान गर्न सक्ने मानिसहरुलाई मात्रै लिएर सेल कमिटीहरुको गठन गरिने प्रचलन थियो । तत्कालीन नेकपा ( मसाल ) को सदस्यता लिनु भनेको त्यो बेला मृत्युलाई समेत हासिहासी रोज्नु सरह नै तैपनि त्यो पार्टीको सदस्यता लिन फलामका चिउरा चपाउनु बराबर नै थियो । त्यसको बावजुत पनि नेकपा ( मसाल) को सदस्यता लिन त्यति सजिलो काम थिएन । त्यसको लागि पहिले अ. भा.ने. ए. स , त्यस पछि अ. भा.बा. यु . मोर्चा र त्यो स्टेप पार गरे पछि पार्टीको समर्थक सदस्य ,उम्मेदवार सदस्य ,पार्टीको पुर्ण सदस्य , सकृय सदस्य र त्यस पछि मात्रै कुनै तहको सेक्रेटरी वा त्यो भन्दा माथि को कुनै पद प्राप्त गर्न सकिन्थ्यो ।

भारतीय राष्ट्रिय बैङ्क लुधियानामा काम गर्ने डोटी जिल्लाका हरिलाल शर्मा र कृषि युनिबर्सीटी लुधियानामा काम गर्ने रुकुम जिल्लाका मान सिंह थापा अहिले उहाँहरु दुबै जना हुनुहुन्न किनकि उहाँ दुबै जनाको धेरै बर्ष पहिला नै मृत्युु भइसकेको छ । उहाँहरु मार्फत नै मैले पहिलोपटक त्यो पनि धेरै गोप्य तरिकाले नेकपा ( मसाल ) को सदस्यता प्राप्त गरेको थिए । २०४६ सालको जनआन्दोलनको दौरानमा म पहिलोपटक प्रवसको तर्फबाट नेपालमा आएर नेपालको जनआन्दोलनमा योगदान दिने अबसर प्राप्त गरेको थिए ।

त्यो बेला नेकपा (मसाल) ले आफ्ना प्रेस विज्ञप्ति, वक्तव्य र लेख रचनाहरु जुन प्रकाशित गर्दथ्यो, त्यो देशको निरंकुश पञ्चायती तानाशाही व्यवस्थाका बिरुद्ध आगो ओकल्ने प्रकृतिका नै हुन्थे र त्यस प्रकारका लेख रचना वा गीत संगित र साहित्य या भाषणहरुले भारत स्थित नेपाली युवा विद्यार्थीहरुलाई एउटा क्रान्तिकारी आशावादले ओतप्रोत गराउने गर्दथ्यो र सधैभरी हराभरा मात्रै होइन परिवर्तन प्रति उत्साह भर्ने काम गर्दथ्यो ।

नेकपा ( मसाल ) भारत शाखाले माक्सबादी ,दर्शन,राजनैतिक अर्थ शास्त्र ,समाज र सांस्कृतिक लगाएतका विभिन्न बिषयगत प्रशिक्षण चलाउने गर्दथ्यो । माक्स,ऐगेल्स ,लेनिन ,माओ,होचि मिन्ह,चेग्गेबरा,फिडेल क्यास्ट्रो प्राचीन ,मध्यकालीन र आधुनिक नेपालका अरु कैयौं बामपंथी साहित्य प्रत्येक जिल्लाका लाइब्रेरीहरुमा पढन पाइन्थ्यो । त्यसका अलावा भारत स्थित नेपालीहरुको साझा संङ्गठनको नेपाली एकता माशिक बुलेटिन नियमित प्रकाशित हुन्थ्यो र त्यो पत्रिका भारत भरी नै हुलाकका माध्यमबाट पुर्याउनै गरिन्थ्यो । त्यसै गरि हरियाणा बाट प्रकाशित हुने विश्व नेपाली साप्ताहिक पनि नियमित प्रकाशित र बितरण गरिन्थ्यो ।नेपाल बाट हाकँ साप्ताहिक ,जन एकता साप्ताहिक ,नयाँ मोर्चा साप्ताहिकका अलबा नयाँ दिशा दैनिक जस्ता पत्रपत्रिकाहरु बहुदलिय बेबस्थाको आगमन पछि नियमित प्रकाशित र भारत भरी नै हुलाक मार्फत पठाउन थालिएको थियो । माथि उल्लेखित प्रायःजसो पत्रपत्रिका हरुमा म पनि नियमित लेखहरु पठाउने गर्दथे । नेपालको स्वतन्त्रता, समानता र राजतन्त्रको अन्त्य र बहुदलीय व्यवस्थाको स्थापनाका लागि भारतवर्ष भरि नै नेपाली कांग्रेस र नेकपा एमालेका भातृ संगठनहरु प्रवासमा क्रियाशिल नै थिए । ती दुबै प्रकारका संगठनहरुको तुलनामा नेकपा (मसाल) एउटा धेरै शक्तिशाली र सबैको आकर्षणको केन्द्रको रुपमा रहेको थियो ।

प्रबाशमा बस्दा भारतको कस्मिर देखि कन्याकुमारी सम्म गुजरात देखि बंङ्गालको खाडी सम्म छरियर रहेका नेपाली नेताहरु संङ्ग म छोटो समयमै परिचित भएको थिएँ । नेकपा ( मसाल ) का महामन्त्री मोहन बिक्रम सिंह संङ्ग चण्डीगढमा पहिलोपटक भेट भएको थियो भने डा . बाबुराम भट्टराई संङ्ग हरियाणामा पहिलोपटक भेट भएको थियो । उहाँ त्यो बेला नेपाली एकता मासिक बुलेटिनका लागि काम गर्नुहुन्थ्यो । मेरो प्रबाशको बसाइको दौरानमा त्यो पुरै अबधिको अध्यन ÷ प्रशिक्षण ÷ कलासको अन्तिम निष्कर्ष हो ः नेपाल र नेपाली जनताको बिकाशको बाधक तत्वको रुपमा रहेको विश्व सन्दर्भबाट हेर्दा सामन्यतया पाँच हजार बर्ष पुरानो नेपालको सन्दर्भमा दुई–अढाइ सय बर्ष देखि शासनमा रहेको एकात्मक केन्द्रिकृत शाह वंशीय राजतन्त्र नै हो र यसको अन्त्य नभए सम्म देशमा सुशासन ,बिकास र जनताको जीवनमा आर्थिक बदलाब आउन सक्दैन । यसर्थ बन्दुकको आडमा रहेको यस व्यवस्थालाई बन्दुक द्धारा नै फाल्नु पर्नेछ । त्यसको लागि फौजि तयारी अनिवार्य सर्त हो भन्ने कुरामा म बैचारिक / मानसिक र भौतिक रुपमा समेत तयार भएकोले नै भएको जागिर समेत छोडेर सरुवा लिएर स्वदेश आउने अग्रिम मन बनाएको थिए ।

२०४६ देखि २०५७ साल सम्मको देशको परिस्थिति 

२०४६ सालको जन आन्दोलनमा नेकपा (मसाल) प्रवास शाखाको तर्फबाट नेपालको जन आन्दोलनमा प्रतिनिधित्व गर्ने अवसर प्राप्त भयो । त्यस प्रकारको जन आन्दोलनको नेतृत्व नेपाली कांग्रेस र वाम मोर्चाले गरेका थिए । त्यसको परिणाम स्वरुप तीस बर्षे राजाको निरकुंस पंचायती तानाशाही व्यवस्थाको अन्त्य र सिमित प्रकारको बहुदलीय व्यवस्थाको स्थापना भयो । त्यस प्रकारको बहुदलीय व्यवस्था संबैधानिक राजतन्त्र सहितको बहुदलीय व्यवस्थाको घोषणा भयो । देश भित्र संघर्षरत राजनैतिक दलहरु माथिको राजा द्धारा लगाएको प्रतिबन्ध खुला भयो । राजनैतिक स्वतन्त्रता र प्रेस स्वतन्त्रा संङ्गै खुला राजनीति गतिविधि बढन थाले । पत्रपत्रिका र रेडियोहरु फस्टाउन थाले । देशमा २०४८ सालमा आम निर्वाचन भयो । त्यो निर्वाचनको परिणाम स्वरुप नेपाली कांग्रेसका सभापति गिरीजा प्रसाद कोइरालाको नेतृत्वमा देशमा नयाँ सरकार बन्यो तर दुई वर्ष त्यो सरकार दुई वर्ष नबित्दै चौहत्तरे र छत्तिसेमा विभाजन भई देशमा २०५१ सालमा मध्यावधि निर्वाचनको घोषणा भयो । २०५१ सालको मध्यावधि निर्वाचनको परिणाम स्वरुप नेकपा एमालेका अध्यक्ष मनमोहन अधिकारीको नेतृत्वमा अल्पमतको वामपन्थी सरकार गठन भयो । त्यो सरकार पनि देशको अस्मिता नै समाप्त हुने गरी भारतसँग भएको महाकाली सम्झौताका सवालमा आपसी कचिंगलका कारण एमाले माले भई त्यो पार्टी पनि दुई टुक्रामा विभाजित भयो ।

देश भित्र अरु प्रायःजसो सबै राजनैतिक दलहरु खुला भएर २०४८ सालको आम निर्वाचनलाई नेपाली काङ्गेस ,नेकपा (एमाले ) राप्रपा नेपाल,नेपाल सदभाबना पार्टी ,नेकपा ( माले ) डा. बाबुराम भट्टराई ,पुष्पकमल दहाल ,निर्मल लामा , नारायण काजि श्रेष्ठ ,मोहन बैध सम्मिलित पार्टी , संयुक्त जनमोर्चा नेपाल जस्ता पार्टीहरुले निर्वाचनमा भाग लिए भने नेकपा ( मसाल ) ले बहिष्कारको निति लिएको थियो । त्यो निर्वाचनमा यदि नेकपा (मसाल)ले भाग लिएको भए कम्तिमा ३५ सिट आउने शुनिश्चित जस्तै थियो तर त्यो बेला देश, तिस बर्ष पछि राजनैतिक स्वतन्त्रा प्राप्ति संङ्गै खुला आकाश मुनि पहिलोपटक स्बतन्त्रताको सास फेरिरहेको थियो भने अर्कोतिर देश पुरै चुनावमय भएको थियो । त्यो बेला चुनाब बहिष्कारको निति लिनु गलत हुन्छ भन्ने मेरो मान्यता रहेको थियो । त्यसको ठिक तीन बर्ष पछि २०५१ सालमा नेकपा ( मसाल )ले तत्कालीन अखिल नेपाल राष्ट्रिय जनमोर्चाको माध्यमबाट स्थानीय तहको निर्वाचनमा भाग लियो । त्यो बेला सम्म नेकपा ( मसाल ) बहुसंख्यक जनसमुदायको हिस्साबाट अलगअलग भइसकेको थियो । यस्तो स्थिति भनेको ठुलो सुगुर छुदा जात जाने सानो सुगुर छुदा जात नजाने जस्तो निति थियो । स्थानीय तहको निर्वाचनमा नेकपा ( मसाल ) को पक्षमा अपेक्षाकृर्त राम्रो नतिजा प्राप्त भएन किनकि उसले सम्मुर्ण पहल २०४८ सालको आम निर्वाचनको बहिष्कारको निति लिएर गुमाइ सकेको थियो । देशमा प्रजातान्त्रिक शक्तिहरु बिजय भएर सत्तामा आएको भए पनि ती शक्तिहरुले देशको राष्ट्रियता ,जनतन्त्र र जनजिबिकाका सबालमा बिल्कुलै उदाशिन बने । २०५४ सालमा दोश्रो स्थानीय तहको निर्वाचनको घोषणा, २०५६ सालमा पुनः देशमा आम निर्वाचनको घोषणा र शेर बहादुर देउवा नेतृत्वको नेपाली काङ्गेसको सरकार । समग्रमा देशमा २०४६ साल देखि नै कुशासन ,भष्टाचार ,राजनैतिक अस्थिरता , महङ्गी, कालाबजारी, नागरिक दमन त्यसको प्रतिरोध स्बरुप हुने लगातार जसोका नेपाल बन्द, हडताल, चक्काजाम , आपसी खिचातानी ,सुरासुन्दरी काण्ड ,सांसद खरिदबिक्री प्रकरण, लाउडा काण्ड,धमिजा काण्ड , महिलाहरुले महिनामारी हुदा प्रयोग गर्ने सुत्केरी बट्टा पुरुष सांसदहरुले त्यस बाट कमिशन खाने गरेका घटना ,यसै बीचमा देशको स्मिता नै समाप्त पार्ने गरि भारत संङ्ग गरिएको राषटघाति महाकाली सम्झौता ,टनकपुर सम्झौता, पजेरो काण्ड जस्ता चार दर्जन भन्दा बढी घटनाहरु घटेका थिए । देशमा बहुदलीय व्यवस्था सिर्फ : नाम मात्रको थियो । तर , देशका तथाकथित संसदबादी राजनैतिक दलहरु कहिले राजालाई राष्ट्रियताको प्रतीक बताउदै उसको चाकडी गरेर राज्यको दोहन गर्ने, राजाले थोरै दमन गर्न खोजे प्रजातन्त्रको दुहाइ दिदै भारतीय प्रभुत्व शासनको आडमा राजालाई तर्साउने र पुनः राज्यको प्राकृतिक साधन र श्रोतको दोहन गर्ने धन्दामा लिप्त हुदै गहिरहेका थिए । यस्तो स्थितिले गर्दा नागरिक जीवन अत्यन्तै कष्टकर बन्दै गहिरहेको थियो । देशका उद्योग धन्दा र भएका कलकारखानाहरु यसै अबधिमा नेपाली काङ्गेसको सरकारले बहुराष्ट्रिय कम्पनीहरुलाई कौडिको मुल्यमा बेचेर लाखौं श्रमजिबि मजदुर बर्गलाई बिदेश जान बाध्य बनाइ रहेको थियो । यसै बीचमा देशमा व्यापक लुटपाटको प्रबृत्ति बढदै गएकोले सामाजिक असुरक्षा बिकराल भएको थियो । लगानीकर्ताहरुले धमाधम देश छोडिरहेका थिए । २०४८ सालको आम निर्वाचनमा तत्कालीन संयुक्त जनमोर्चा नेपालको तर्फबाट निर्वाचनमा ९ सिट जितेर प्रतिनिधि सभामा प्रतिनिधित्व गरिरहेको पार्टीले आफ्नोतर्फबाट सरकार समक्ष प्रस्तुत गरेको देशको राष्ट्रियता ,जनतन्त्र र जनजिबिका समन्धि मागहरु संबोधन नभएको भन्दै २०५२ फागुन १ गतेका दिन देशमा जनयुद्धको घोषणा गरेर युद्धमा उत्रिसकेको थियो । तर यता २०१८ सालको दरभङ्गा प्लेनममा राजनीति गतिविधि माथि राजा द्धारा प्रतिबन्धित अबस्थामा संबिधान सभाको चुनाबबाट जनता द्धारा नयाँ जन संबिधानको राजनितीक लाइन प्रस्तुत पारित गर्नका निम्ति पुरै जोड बल गरेका नेकपा ( मसाल ) का महामन्त्री मोहन बिक्रम सिंहले खुला राजनैतिक बाताबरणमा पनि डा . बाबुराम भट्टराईले प्रस्तुत गरेको ४० सुत्रिय माग भित्रको दोश्रो मुद्दा संबिधान सभा बाट जन संबिधान भन्ने एजेन्डा समय सापेक्ष नभएको भनेर आलोचना गरिरहनु भएको मात्रै थिएन, जनयुद्धमा होमिने कुरा त धेरै पर छ, जनयुद्धको नेतृत्व गरिरहेको पार्टीलाई उग्रवामपन्थी भडकाब, सहिदहरुको खेती ,तीन महिनामा उनीहरु समाप्त हुने अग्रिम भबिश्यबाणी गरिरहनु भएको थियो । माओवादी जनयुद्धले नेपाली जनतामा थोरै आसाको संचार गराएको थियो । पार्टीले भने जनयुद्धको निम्ति राष्ट्रिय परिस्थिति ,अन्तर्राष्ट्रिय परिस्थिति र पार्टीको आत्मगत परिस्थिति तयार भइ नसकेको विश्लेषण गर्दै आइरहेको थियो । २०३१ साल देखि नै पार्टीको यहि राजनैतिक लाइन लिएको कारण यस बिचमा पार्टीमा दर्जनौं पटक फुट भएको थियो । जसरी एउटा पसलेले आफ्नो दुकानको बाहिर एउटा साइनबोर्ड झुन्डाएको हुन्छ र त्यसमा लेखेको हुन्छ – “ आज नगद ! कल उधार ! उसले कसैलाई दिन्न, छैन र हुन्न भन्दैन । किनकि भोलि पनि उहीँ कुरा दोहरिन्छ । ठिक नेकपा ( मसाल ) को राजनैतिक लाइन सदियौँ देखि यही रहदै आएको छ ।

समाजको बिकासको बिज्ञानको सार्बभौम सिद्धान्त के हो भने पुरानो चिजबिज को ध्बंस र नयाँ चीजबीजको निर्माण बस्तुगत आबस्यकता भित्र कै कुरा हो । मानव समाज बिज्ञानको इतिहासमा पुराना चिजबिजहरुको ध्बंस र नयाँ चिजबिजहरुको निर्माणमा सचेतन पक्षको महत्त्वपूर्ण भुमिका हुन्छ भन्ने कुरा सामन्य तरिका वा नियम हो ।उदाहरणका लागि मकैको दाना लाई एउटा बन्द बोतल भित्र उमार्न सकिन्न । तर त्यो दाना लाई आबस्यक पर्ने माटो ,हाबा पानी र तापक्रम मिलाइ दिने हो भने बिज अंकुरणका लागि त्यसमा प्रयाप्त क्षमता हुन्छ भन्ने कुरालाई बिज्ञानले अस्विकार गर्दैन । एउटा क्रान्तिकारी भनिएको पार्टीले ,त्यो पार्टी जुन प्रयोजनको निम्ति बनेको हो ,त्यसले आफुलाइ आजिवन सिर्फ ः सुधारका काममा मात्रै सिमित गर्दछ भने त्यो पार्टी लामो समय सम्म जिबित रहिरहन असंभव हुन जान्छ ।

यसका अलावा यसै अबधिमा नेपाली काङ्गेस नेकपा ( एमाले ) जस्ता शक्तिहरुले निर्वाचनको दौरानमा व्यापक शक्तिको दुरुपयोग गरेर बुथ कब्जा गरेर जित्ने, शत्तामा पुगे पछि देशका प्रायः सबै जसो संबैधानिक अङ्गहरु लाई दलियकरण गरेर तहसनहस पारिसकेका थिए ।यहाँ सम्म कि उनीहरुले पुरै देश लाई दलियकरण गरेर आम नागरिकको बीचमा डर,त्रास ,भय र व्यापक आतंकको बाताबरण श्रृर्जना गरिरहेका थिय । देशका पत्रपत्रिका र रेडियो हरु उनका मुखपत्र जस्तै हुदै गहिरहेका थिय ।सुशासन र बिकाश नाम मात्र को थियो । देश प्रकारान्तरले बिदेशी हरुको क्रिर्डा स्थल बन्दै जान थालेको थियो । २०४६ सालको ऐतिहासिक जनआन्दोलनको दौरानमा एउटा उत्शाह र उमङ्गका साथ परिवर्तन प्रति फुरुङ्ग भएका आम नागरिकको जीवनमा निराशा सिबाय अरु केही थियन । शुसासन, विकास र आर्थिक समृद्धीको मृुद्धामा कहि कतै पनि बहस, छलफल र संवाद थिएन । थियो त सिर्फ राजनितिक खिचातानी, अस्थिरता, आम निराशा र वैदेशिक शक्तिकेन्द्रहरुको व्यापक हस्तक्षेप । देशको स्वास्थ्य यति नराम्ररी बिग्रिसकेको थियो की यसलाई सामान्य झारफुक वा धामीझाँर्की गरेर निको पार्न सकिने अवस्था विल्कुलै थिएन ।

नेकपा माओवादीले थालेको जनयुद्धले नेपाली समाजमा केही उत्साह भर्ने कोशिस गरिरहेको थियो र यसै बीचमा मेरो राजनैतिक जीवनमा एउटा घटना घटन पुगेको थियो । त्यो के भने म प्रायःजसो बुटवलबाट प्रकाशित हुने दैनिक र साप्ताहिक पत्रपत्रिकाहरुमा नियमितरूपमा लेखहरु प्रकाशनका लागि पठाउने आदत बनेको थियो । त्यो समयमा म संबिधान सभाको निर्वाचनको पक्षमा खुलेर उभिएको थिय । त्यो कुनै क्रान्तिकारी कुरा थियन । त्यो एउटा सिर्फ ः सुधारबादी नारा थियो । त्यो नारा नेपाली काङ्गेस र नेकपा ( एमाले ) जस्ता संसदबादी राजनैतिक शक्ति हरुले उठाउने नारा थियो । तर आफुलाइ क्रान्तिकारी भन्न रुचाउने नेकपा ( मसाल ) उठाउन तयार थिएन । तर म त्यसका लागि जनमत तयार गर्दै थिएँ । पार्टी भित्र संबिधान सभाको निर्वाचनको पक्षमा उभिने बा भिन्न मत राख्ने नेता कार्यकर्ता हरु प्रति असहृष्णु बन्दै पार्टीबाट निष्काशन समेत गर्ने घटनाक्रम मा वृद्धि भइरहेको थियो । त्यो क्रममा मेरो एउटा लेख बुटवलको साप्ताहिक पत्रिकाले प्रकाशित गरेको थियो । जसको शिर्षक थियो –“ बादसाह लाई घोडा बाट खसाल्न का निम्ति संबिधान सभा को चुनाव “ रहेको थियो । त्यो बेला त्यो लेखले राम्रो बजार पाएको थियो । देशमा माओवादीले जनयुद्ध सुरु गरेकोले उसलाई सहयोग हुने गरि लेख भएकोले अलिकति सुरक्षित रहन मेरा शुभचिन्तक हरुले सुझाव दिनु भएको थियो । नभन्दै प्रहरीले म माथि निगरानी बढाएको रहेछ । म फिल्डमा भएकोले प्रहरीले मलाई समात्न असमर्थ भएको रहेछ । म पार्टीको जिल्ला कार्यालय पुग्दा बित्तिकै शिबिलमा रहेका प्रहरी जबान हरुले भने सर !. “ तपाइँलाई एसपी साहबले बोलाउनु भएको छ । “ त्यसो भए जाउ भने र म एसपी कार्यालय तर्फ लागे ।

जिल्लामा हुने संयुक्त बा भिन्दा भिन्दै आन्दोलनको दौराना यस भन्दा पनि म दर्जनौंपटक गिरफ्तारी दिने र रिहा हुने गरेको थियो । जिल्ला प्रहरी कार्यालयको हिरासत त्यो बेला मेरो निम्ति नियमित जस्तै हुदै गहिरहेको थियो । जिल्ला प्रहरी कार्यालय परिसरमा पुगे पछि एसपी संङ्ग भेट गराउने कुरा परै छ । प्रहरी जबानले भने सर ! “ तपाई गिरफ्तार भइ सक्नु भएको छ । तपाईंको घडी ,बेल्ट र जुत्ता खोल्नुस , भएको रुपैया जेब बाट निकाल्नोस । “ प्रहरीले भन्यो । म कुरा बुझि हाले र त्यसै गरे पछि प्रहरीले मलाई एउटा अध्यारो कोठामा बन्द गर्यो र बाहिरबाट ताला लगाइ दियो ।

एउटा जेब कतरा लाई जस्तै तीन घन्टा देखि, त्यो पनि जिल्लाको एउटा स्थापित मानिस मात्रै होइन ,देशको संबिधान पद्धक अधिकारको प्रयोग गर्दै लेखिएको र प्रकाशित भएको एउटा मामुली लेखको बिषयलाई लिएर मानसिक पीडा दिने यो कस्तो लोकतन्त्र ल्याइएको रहेछ मन खिन्न भइसकेको थियो । यसै बीचमा एसपी आइपुगेको र उनले तपाईंलाई बोलाउनु भएको छ भन्ने खबर लिएर एक हबलदार म बसेको हिरासत को ढोका खोले र मेरा सबै समान फिर्ता गरे । त्यस पछि म एसपी कार्यकक्षमा पुगे । उनले भने खनाल सर ! नमस्कार ! म नमस्कार फर्काउने मुडमा बिल्कुलै थिइन । देशको माहोल धेरै बिग्रिसको थियो । त्यो कारणले गर्दा मन नपरे पनि नमस्कार फर्काए र भने “ अब लेखपढ गर्न पनि नपाइने हो “ भने । उनले भने “ त्यसो बिल्कुलै होइन ,तपाईंको लेखको अन्तरबस्तु सबै ठिकै छ तर शिर्षक माथि डिआइजी साबको आपत्ति भएकोले तपाईंलाई औपचारिकताका लागि बोलाइएको हो । मेरो केटाहरुले भित्र राखेछन माइण्ड गर्नु हुने छैन भने । “ म देशको एउटा बैधानिक पार्टीको जिम्मेवार कार्यकर्ता हो । मेरो लेख्ने काम हो संम्पादकले शीर्षक माथि आपत्ति भए संसोधन गरेको भए हुने ,उनको अधिकार क्षेत्र भित्र को कुरा थियो त्यो ,तपाईंले सम्पादक लाई पो सोधपुछ गर्नुपर्ने ,मलाई किन दुख दिएको ? “भने पछि उनले – “ संपादकले आफ्नो गल्ती स्बिकार गरिसकेका छन ।“ “अब तपाई जानुस ,आइन्दा तपाईंले पनि शिर्षक राख्ने मामिलामा ध्यान दिनु हुनेछ । भने पछि म भरखरै एसपी कार्यालय बाट बाहिर निष्कदै थिए , नेकपा ( मसाल ) साथीहरू ,मलाई भेट्न र उत्प्रेरित गर्न आउनु भएको होला भन्ने सोच्दै थिए । उहाँहरु त उल्टै पार्टीको निति बिपरित लेख प्रकाशित गरेर पार्टीलाई धेरै कमजोर बनाउनु भयो भन्ने कुरा गरे । मेरो पनि सिधा कुरा रह्यो – “ म पार्टीका सबै कुरा मान्न बाध्य छैन । “ संबिधानसभा को निर्वाचन को कुरा पार्टीको निति बिपरित र त्यो कुरा लेखेर प्रकाशित भए बाफत पार्टीको क्षति भएको भए मलाई कार्बाही गरेर क्षतिपूर्ति गर्नु हुनेछ । “ भन्ने जबाफ फर्काए र आफ्नो बाटो लागे ।

२०५७ साल भाद्र महिनाको सायद पहिलो हप्ता चलिरहेको थियो । त्यस बर्ष ज्यादै धेरै बारिश भएको थियो । खोला नालाहरु भरीभराउ थिए । म पार्टीको जिल्ला कार्यालयमा नै थिए । मेरो घर जिल्ला कार्यालय देखि ४५ किलोमिटरको दुरीमा पर्दथ्योे । त्यो दिन बेलुकी म जिल्लाका बामपंथी नेता बुड्ढी स्थित कृष्ण भुसाल जीको सल्लाह लिने उदेश्यले निस्केको थिए । संयोग उहाँ बुड्ढीको प्रतिक्षालयमै भेटिनु भयो । संङ्गै बसेर चिया पियौ । कृष्ण सर ! “ म भुमिगत भएर जनयुद्धमा सामेल हुने भए , तपाईं को राय पाउँ । “ उहाँले पनि आफ्नो कुरा सटिकमा राख्नु भयो र भन्नू भयो – “ खनाल सर ! कुरा ठिक ल्याउनु भयो तर पाँच बर्षको ढिलाइमा । “ उहाँको यति कुरा सुने पछि मेरो थपअरु केही कुरा थिएन । उहाँ बामपंथी नेता भए पनि सापेक्षित रुपमा तथस्ट रहेर सुझाव सल्लाह दिने मानिस भएकोले म भिषण बारिसमा त्यहाँ पुगेको थिएँ । त्यस पछि म सिधै तौलिहवा पुगेर पार्टीको अफिसमा भएका आफ्नो झोला ,कपडा ,अध्ययन सामाग्रीका साथै केही अत्यावश्यक चिजहरु लिएर तौलिहवाबाट आफ्नो घर तर्फ जाने बसमा चढे पछि मनमनै दृढ बिश्बासका साथ निश्चय गरे कि अब यस सदरमुकाममा राजतन्त्रको अन्तय र गणतन्त्रको आगमन पछि मात्रै पाइला टेक्ने छु । बस कतिबेला चार नम्बर जीतपुर प्रबेश गर्याै पत्तै पाइएन । चार नम्बर पुगे पछि सोचे पार्टी कार्यालयको चाबि कस्लाइ बुझाउने होला ! सोच्दै थिएँ ,यत्तिकैमा बसले बाणगंङ्गाको पुल माथि पुग्यों । चाबि मेरो हातमा नै थियो ,सोचे जिन्दगीको १८ बर्ष लगानी गरेको पार्टी नै छोडने भए पछि के को चिन्ता , बसको झ्याल खोले र नेकपा ( मसाल ) को मुख्यालयको चाबिलाई बाणगङ्गा नदिमा आइरहेको भेलमा फ्याकि दिए र अन्धकार बाट मुक्ति सहितको सुखको लामो सास फेरे । यही बाट मेरो राजनैतिक जीबनले दोश्रो नयाँ मोड लियो ।

यिनै ती राष्ट्रिय ,अन्तर्राष्ट्रिय र आत्मगत परिस्थितिहरु थिए , जस्ले मलाई एक पटक आफ्नो जबानीमा बन्दुक समात्न प्रेरणादायी भुमिका को काम गरेका थिय । नेकपा ( मसाल ) का महामन्त्री मोहन बिक्रम सिंह र त्यो पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ता हरु प्रति मेरो उच्च प्रकारको सम्मान छ । किनकि त्यो मेरो राजनीतिको प्रथम खुला बिश्वबिद्धालय हो । मेरो कुनै ब्याक्ती संङ्ग भन्दा पनि राजनीति लाइन संङ्गको असहमति हो । असहमत भइ भइ कुनै कुन्ठा पालेर बस्ने मेरो स्वभाव होइन । क्रान्ति र परिवर्तनको हुटहुटीले नै मैले एक पटक बन्दुक समात्ने र जनयुद्धमा भाग लिने फैसला गरेँ ।
सबैमा साधुबाद !
मिति : २०५७ साल भाद्र ९ गते ।

प्रतिक्रिया