पुरानो बसपार्ककाे प्रहरी बिटमा काठमाण्डाै महानगरको डोजर

काठमाण्डाै

काठमाण्डाै महानगरपालिकाले डाेजर लगाएर पुरानो बसपार्कमा रहेकाे प्रहरी बिट हटाएको छ ।

मङ्गलवार महानगरले काठमाण्डाैकाे भ्यु टावर नजिक रहेको पुरानो बसपार्ककाे सडक पेटीमा रहेकाे प्रहरी बिट हटाएको हो । महानगरले सडक पेटीमा रहेको प्रहरी बिट हटाउने योजनाअनुसार काम अघि बढाएको हो ।

पुरानो बसपार्क क्षेत्रमा रहेको बिटले सडक र पेटीमा असर गरेकाले समस्या परेको भन्दै प्रहरी बिट हटाएको महानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया