बाणगंगाका २५ जनाले लिए फिनेल, हर्पिक तथा कोलिन उत्पादन सम्बन्धी तालिम

 हरि आचार्य, कपिलवस्तु । नेपाल घरेलु तथा साना उद्योग महासंघ कपिलवस्तुको आयोजना, बाणगंगा नगरपालिकाको सहयोग तथा सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको प्राविधिक सहयोगमा उद्यमशीलता, सीप विकास तालिम अन्तर्गत सरसफाई सँग सम्बन्धित निशुल्क फिनेल, हर्पिक तथा कोलिन उत्पादन तथा प्याकेजिङ सम्बन्धी २० दिने तालिम प्रदान गरिएको छ । शुभ लक्ष्मी ल्याब्रोटिरजको सीप हस्तान्त्रण रहेको तालिममा बाणगंगा नगरपालिका भित्रका २५ जनाको सहभागीता रहेको थियो ।

समापन कार्यक्रमका प्रमुख अतिथि, बाणगंगा नगरपालिकाका प्रमुख चक्रपाणि अर्यालले प्रत्येक नागरीकले आफनो सीप र क्षमतालाई आर्थिक आय आर्जन सँग जोड्न सके नगर समृद्ध हुने बताउनु भएको छ । अर्यालले विकासका पुर्वधार धेरै गरीसकेको बताउदै युवा स्वरोजगारमा नगरले जोड दिने बताउनु भयो । प्रशिक्षार्थीको उतसह र आँटको उच्च प्रशंसा गर्दै नगर प्रमुख अर्यालले सफल उद्यमी बन्न आग्रह गर्दै यसमा नगरले सधै साथ दिने जिकिर गर्नु भयो ।

नेपाल घरेलु तथा साना महासंघका केन्द्रिय सचिव भेषराज पाण्डेले सिकेको सिपबाट आफनो भविष्य खोज्न आग्रह गदै नेपाल घरेलु तथा साना महासंघ सधै हातेमालो गर्न तयार रहेको बताउनु भयो । नेपाल घरेलु तथा साना महासंघ केन्द्रिय कोषाध्यक्ष तथा सिनर्जी बहुउदेश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष लक्षमण बेल्बासेले सिकेको सिपबाट अनुशासित उद्यमी बन्न आग्रह गदै बजारीकरणमा निरन्तर सहकार्य गर्ने तर्क गर्नु भयो । उहाँले सहकारीको नियम भित्र रहेर उद्यमशिलताको क्षेत्रमा आवश्यक सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले उत्पादन गरेको वस्तु बजारीकरणको जिम्मा कपिलवस्तु उद्योग वाणिज्य संघले लिने बताउनुभयो ।

प्रशिक्षक सन्दिप सापकोटा र गिता पौडेलले तालिम तालिममा मात्रै सिमित नभएर व्यवहारमा प्रयोग गर्न र स्वरोजगार बन्न सबै प्रशिक्षार्थीलाई आग्रह गर्नु भयो ।

सहभागिको तर्फबाट कोपिला सुवेदीर, पदम बेल्बासेले बोल्दै सिकेको सिपलाई व्यवहारमा प्रयोग गर्ने प्रतिबद्धता जनाउनु भयो । नेपाल घरेलु तथा साना महासंघ जिल्ला शाखा, कपिलवस्तुका अध्यक्ष फुलकुमारी श्रेष्ठले तालिम सफल पार्न सहयोग गर्नुहुने सम्पुर्णमा धन्यवाद व्यक्त गर्दै सिकेको सीपलाई व्यवहारमा लागु गर्नुपर्नेमा जोड दिनुभयो ।

महासंघका उपाध्यक्ष विष्णु पाण्डेको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन जिल्ला महा–सचिव रविन्द्र पोडेलले गर्नु भएको थियो । बाणगंगा नगरपालिका भित्रका, बेरोजगार, युवा युवतीलाई लक्षित गरेर यस्तो तालिमको संचालन गरिएको थियो । १५ दिने निःशुल्क तालिमको समापन सिनर्जी बहुउद्देश्यीय सहकारीको सभाहलमा भएको थियो । तालिमका सहभागिहरुले सरसफाईसंग सम्बन्धित फिनेल, हर्पिक तथा कोलिन उत्पादन तथा प्याकेजिङ लगायतका सीप सिकेका छन् । साथै सहभागीहरुले उत्पादन तथा प्याकेजिङ गरेका फिनेल, हर्पिक तथा कोलिन कार्यक्रमका प्रमुख अतिथि मेयर अर्याललाई प्रदान समेत गरेका छन् ।

प्रतिक्रिया