रुपन्देहीमा शान्ति समाजको छुवाछुतविरुद्ध प्रदर्शन

बुटवल । मानवअधिकार तथा शान्ति समाज रुपन्देहीले अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसका अवसरमा आज रुपन्देहीको तिलोत्तमामा प्रदर्शन गरेको छ । समाजले तिलोत्तमा नगरपालिका–३ योगिकुटी चोकमा प्ले कार्डसहित प्रदर्शन गरेको हो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै तिलोत्तमा नगरप्रमुख रामकृष्ण खाँणले नगरमा छुवाछुतका घटनामा शून्य सहनशीलताको नीति अवलम्बन गर्ने रणनीतिमा नगरपालिका लागेको बताए ।

त्यस्तै दलित मानवअधिकारकर्मी विनोद पहाडीले अझै पनि जातीय विभेद तथा छुवाछूतका घटना बाहिर आउनु दुखद रहेको बताए ।

शान्ति समाजका निवर्तमान केन्द्रीय सभापति गोविन्द खनालले छुवाछुतको कानुनमा हटेका वर्षे भए पनि अझै समाजमा छुवाछुत रहेकोले रोक्नु सबैको दायित्व रहेको बताए ।

प्रतिक्रिया