



कोईलीबाट बेपत्ता पौडेल चौथो दिनमा भेटिए


कपिलवस्तु
कपिलवस्तु स्थित वाणगंगा ९ चौवहा र कोपिलधाम जोड्ने नदिको कब्जे माथिबाट आएको बाढीले बगाउँदा बेपत्ता भएका पशुपति पौडेलको आज चौथो दिनका दिन हर्दौना भन्ने स्थानमा पौडेलको शव भेटिएको प्रहरी स्रोतले जनाएको छ ।
स्थानीयले एउटा शव देखेको भन्ने खबर पाएपछि उक्त ठाउँमा खोजि गर्दा पौेडेलको शव भेटिएको कपिलवस्तु प्रहरी डिएसपि धर्मराज भण्डारीले बताउनु भएको छ । हर्दौना अन्तरगत पर्ने महाराजगन्ज नगरपालिकाको वार्ड न ८ सिंराहा क्षेत्र भित्र उक्त शव फेला परेको जानकारी दिएको छ । उक्त ठाउँ घटना स्थल देखि करिब १४ किलोमिटर टाढा रहेको छ ।
खोला नजिक बाख्रा चराउन गएका बालवालिकाले शव देखेपछी खोज्दै जादाँ पौडेलको शव भेटिएको हो ।
पौडेललाई साउन २८ गते बिहीबार दिउँसो नदी पार गर्ने क्रममा कोईली पुल माथिबाट नै बगाएको थियो ।
पौडेलको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल तौलिहवा लगिदै गरेको प्रहरीले जनाएको छ । अहिले पौडेलको आफन्त शव भेटिएको ठाउँमा पुगेका छन् ।

खबर सबै
-
मंसिरमा महोत्सवमय बन्दै कपिलवस्तु
-
बाणगंगा–१ को नवनिर्मित नयाँ प्रशासनिक वडा कार्यालय भवन उद्घाटन
-
१६ औं कपिलवस्तु महोत्सवमा यसपटक टिकटक भिडियो प्रतियोगिताः सिर्जनशीलता र सकारात्मक प्रचारलाई प्रोत्साहन गरिने
-
महिला एकता समाजकाे ७औं अधिवेशन सम्पन्न
-
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते हुने
-
लुम्बिनी प्रदेशका बैंक तथा वित्तीय संस्थाको निक्षेपमा वृद्धि
-
महिला एकता समाजकाे ७औं अधिवेशन सम्पन्न
-
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते हुने
-
लुम्बिनी प्रदेशका बैंक तथा वित्तीय संस्थाको निक्षेपमा वृद्धि
-
ईपीएस भाषा परीक्षा आजदेखि, पहिलो प्राथमिकता उत्पादन क्षेत्र
-
प्यूठानमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ९ जना घाइते, तीन जनाको अवस्था गम्भीर
-
नयाँ राजनीतिक दल दर्ताको लागि समय थपियो, मंसिर ६ सम्म निवेदन दिन सकिने







प्रतिक्रिया