

किन पढ्ने अनलाइन कक्षा ?




लेखक पुष्कर :- भुसाल
सिङ्गो विश्व यतिबेला दोस्रो लहरको कोरोनाको सङ्क्रमण बाट गुज्रिरहेको छ । त्यसबाट हाम्रो देश नेपाल पनि टाढा रहन सकेको छैन ।
पुरै देश यतिबेला लकडाउनको अवस्थामा छ । व्यापार व्यवसाय, सवारी साधन, बजार लगाएत देश भरिका शिक्षण संस्था पनि यतिवेला बन्दको अवस्थामा छन । यस्तो अवस्थामा विद्यार्थीहरुको भविष्य पनि अन्यौलमा परेको छ । विद्यार्थीहरुलाई भैतिक रुपमा कक्षाकोठामा उपस्थिति गराएर पढाउन सक्ने अवस्था पनि अब छैन ।
इटलीका राष्ट्र प्रमुखले एक कार्यक्रममा यो अवस्था न्युन हुन समय लाग्ने र अब हामीहरु यसै अवस्थालाई आत्मासाथ गरेर स्वास्थ्यका मापदण्डहरु लाई पुरा गरि सामान्य अवस्थामा जानु पर्ने बताएका थिए । त्यहि कुरालाई ध्यानमा राखेर विकशित देशहरुले वैकल्पिक शिक्षण सिकाइ बिधिको प्रयोग अगाडि बढाएका छन ।
हाम्रो देशले पनि सोहि कुरालाई मध्यनजर गर्दै आवश्यक पुर्वाधारको विकाश गर्नु पर्ने देखिन्थ्यो तर उच्च ओधामा बसेकाहरुले त्यो कुरालाई नजर अन्दाज गरेको पाइएको छ ।
म त्रिभुवन विश्वविद्यालय बाट सम्बन्धन प्राप्त एक क्याम्पसमा विद्यार्थी हुँ । Tu ले यतिबेला जारी परिक्षा अर्को सुचना नआए सम्मको लागि बन्द रहने र TU अन्तरगतका सम्पुर्ण क्याम्पसको भौतिक पठनपाठन पनि ठप्प रहने गरि एक सुचना जारी गरेको छ । यस्तो अवस्थामा TU ले वैकल्पिक शिक्षण विधि अपानाएर पठनपाठन अगाडी बढाउन समेत सल्लाह दिएको छ ।
गत शैक्षिक वर्षमा पनि यस्तो अवस्था नआएको भने पक्कै होइन । गत शैक्षिक वर्षमा पनि TU ले एक सुचना जारी गर्दै सम्पुर्ण सम्बन्धन प्राप्त क्याम्पस हरु लाई अनलाइन कक्षा सन्चालन गर्न निर्देशन दिएको थियो । सोहि अनुरुप केहि क्याम्पसहरुले अनलाइन कक्षा सन्चालनमा पनि लिएर आए तर त्यसबाट विद्यार्थीलाई फाइदा के भयो? अतिरिक्त १ वर्षको दस्तुर? २०७५ सालमा प्रथम वर्षमा भर्ना भएका विद्यार्थीहरु दोस्रो वर्षको परिक्षा दिएर तेस्रो वर्ष पुग्ने वेला सम्म अझै प्रथम वर्षको परिक्षा दिन पाइरहेका छैन । पुर्व निर्धारित परिक्षाहरु एउटा दुइवटा मात्र वाकीँ छन । M.Tech को अनलाइन बाट लिइएको परिक्षालाई रद्ध गर्दै फेरी भौतिक परिक्षा गराइयो, किन?
एक वर्षसम्म अनलाइन कक्षा संचालन गरेर के उपलब्धि भयो ? ३ वर्ष देखि विद्यार्थीहरु एउटै वर्षमा छन । TU ले अनलाइन कक्षा संचालन गराएर, अवस्था सामान्य नभए अनलाइनकै माध्यमबाट परिक्षा गराएर विद्यार्थीहरुको कक्षा वृद्धि गराउन सक्छ ? यदि सक्दैन भने किन पढ्ने अनलाइन कक्षा ? किन?


खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया