

कोभिड १९ को प्रभाव, शिक्षा र शिक्षकको अवस्था



भगवती न्यौपाने
सम्पादक/ ई साझाकुरा
कोभिड १९ ले शिक्षामा पारेको प्रभाव
देशको मुख्य मेरुदण्ड मानिने शिक्षामा कोभिड १९ ले धेरै प्रभाव पारीरहेको छ । यसो त मुलुकमा यति बेला कोभिड १९ले व्यापार, व्यवसाय, विकास निमार्ण, पर्यटन व्यवसाय लगायत हरेक क्षेत्रमा पनि उतिकै प्रभाव पारिरहेको छ ।
तर शिक्षा यस्तो विषयबस्तु मानिन्छ घर पछिको दोस्रो पाठशाला हो तर यति बेला झन्डै ९० लाख विद्यार्थी घरमै बसिरहेको अवस्था छ । भखरै विद्यालय सुरु गरेका बालबालिकाले विद्यालय भुल्ने अवस्था कोभिडले सृजना गरेको छ । विश्वका कतिपय मुलुकहरुले अनलाईन कक्षा सञ्चालन गरिरहेको बेला नेपालले पनि नगरेको भने होइन तर यसको प्रभाव खासै विद्यार्थीमा देखिएको छैन् । आज पनि कतिपय वस्तीमा इन्टरनेटको पहुच पुग्न सकेको छैन् । इन्टरनेट पहुँच पुगेको बस्तीमा मोवाईल छैन्, भएता पनि कसरी अनलाईन कक्षा लिने अनुभव नै छैन् । त्यसकारण अब शिक्षाका सम्बन्धमा नयाँ तरिकाले चिन्तन मनन् गर्नैपर्ने परिस्थिति पैदा भएको छ । वर्तमान शिक्षा प्रणालीले शिक्षा क्षेत्रमा समीक्षा गर्नैपर्ने स्थिति देखा परेको छ ।
वर्तमान विश्वको परिदृश्यमा नै गुणात्मक शिक्षाको क्षेत्रमा निकै निराशाजनक जीवन गुजारिरहेका बेला साच्चिकै सरकारले चलाएको अनलाईन कक्षाले प्रभावकारीता पाउला कि नपाउला ? अनलाईन, रेडियो, टेलिभिजन,अनि विभिन्न माध्यमबाट कक्षा सञ्चालन भएको त छ तर यसबाट कतिको प्रभावकारी भयो त भनेर मुल्याङक भएको छ त ? जोखिमपूर्ण कदम नचाल्ने हो भने नेपालको शैक्षिक क्षेत्रले अझै कहिलेसम्म निराशाको व्यापार गर्ने हो भन्ने कुरा भविष्यवाणी गर्न निकै कठीन हुन्छ ।
समाजले शिक्षकलाई हेर्ने दृष्टिकोण
भन्ने गरिन्छ शिक्षक मैनवती जस्तै हो । उसले आफुलाई जलाएर अरुलाई उज्यालो दिइरहेको हुन्छ । शिक्षक र शिक्षाले विद्यार्थी उत्पादन गर्ने मात्रै होईन शिक्षकले उत्पादन गरेका शिक्षक, पाईलट, इन्जीनियर ,डाक्टर, लगायत अनेकौ उर्जाशिल क्षेत्रमा शिक्षकको महत्वपुर्ण भुमिका रहेको हुन्छ । आज पनि समाजमा शिक्षकलाई हेर्ने दृष्टिकोण फरक रहेको छ चाहे कोरोना भाईरस होस चाहे पेशागत । यस्ता प्रेणाका स्रोत मानिने शिक्षक आज कोरोना भाईरसका कारणले चुनैतिको सामाना गर्न बाध्य भएका छन् । राज्यको शिक्षा प्राणाली सामुदायिक र निजि दुई स्तरबाट सञ्चालन हुदै आईरहेको छ । सामुदायिक विद्यालयका शिक्षकहरुले पठनपाठन नगरी पारिश्रमिक पाइरहेकोमा आम जनसमुदायमा नकारात्मक प्रश्न सुन्नमा आएको छ । सामुदायिक विद्यालयमा निजि स्तरका शिक्षकहरुलाई कोरोना भाईरसका कारण चुनौतिको सामाना गर्न परिरहेको पनि अवस्य छ । यसो त कोरोना भाइरसको सङ्क्रमणका कारण निजि स्तरका सम्पुर्ण शिक्षकहरुलाई पनि उतिकै असर पारेको देखिन्छ । कोरोना भाइरसको सङ्क्रमणका कारण निजी क्षेत्रबाट सञ्चालित संस्थागत विद्यालय बन्द भएपछि विद्यालयमा कार्यरत झन्डै दुई लाख शिक्षकले विगत ६ महिनादेखि तलब पाउन सकेका छैनन् । निजी क्षेत्रका अधिकांश विद्यालयले अनलाइन लगायतका वैकल्पिक माध्यमबाट अध्यापन गराईरहेका छन् तर शिक्षकले काम गरेको तलब भने पाउन नसकेका गुनासो छ । दिनभरि पठनपाठन गराएर आफनो जिविका निर्वाह गरिरहेका शिक्षकहरुको दैनिकी यतिबेला चिन्ताजनक देखिन्छ । विश्वका अधिकाशं मुलुकमा शिक्षकलाई हेर्ने दृष्टिकोण भन्दा नेपालमा शिक्षकलाई हेर्ने दृष्टिकोण आज पनि फरक रहिआएको छ । निजि संस्थाका विद्यालयहरुले अनलाईन कक्षा सञ्चालन गरेता पनि तलव नखाएको विड्म्बनापूर्ण अवस्था रहेको छ । सामुदायिक विद्यालयका शिक्षकहरुले मासिक रुपमा तवल त खाएका छन् तर पनि यतिबेला आम व्यक्तिको सोचमा भने फितलो सोच पैदा भएको छ । आज हरेक व्यक्ति जुन ठाउँमा परिचय दिन सफल भएको छ त्यो शिक्षा र शिक्षकबाट हुदा हुदै पनि समाजमा शिक्षकलाई अन्य पेशा भन्दा तुलनात्मक रुपमा बुझाई फरक रहिआएको देखिन्छ । हरेक सरकारी कर्मचारीले तलब खाईरहेको सन्र्दभमा देशको सम्बेदनशिल रातदिन खटिरहने शिक्षकको तलब माथि नै प्रश्न किन ?


प्रतिक्रिया