

गुल्मीमा कोरोना संक्रमण पछिल्लो तीन दिन स्थिर




साउन २५, गुल्मी । गुल्मीमा ३ दिनयता कोरोना संक्रमितको संख्या बढेको छैन । जिल्लामा हालसम्म ३ सय ६८ जनामा कोरोना संक्रमण पाइएको छ । त्यसमध्ये ३ सय ५९ जना कोरोना जितेर घर फर्किसकेका छन् भने तीन जनाको मृत्यु भएको छ । बाँकी ६ जनाको उपचार भइरहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।
स्वास्थ्य कार्यालयका सूचना अधिकृत पशुपति आचार्यका अनुसार हाल रुरु गाउँपालिकामा एक जना, गुल्मी दरवार गाउँपालिकामा ४ जना र रेसुङ्गा नगरपालिकामा एक जनासहित जिल्लाभर जम्मा ६ जनामा मात्र कोरोना संक्रमण देखिएको छ । संक्रमित ६ जनाकै उपचार भइरहेको छ ।
पछिल्लो चरण ११ जनाको स्वाब परीक्षण गराईएकोमा ती सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख भवनीप्रसाद शर्माले बताए । जिल्लामा कोरोना सक्रमण शुन्यतर्फ झर्दै गएको भन्दै उनले यो अवस्था गुल्मी जिल्लाका लागि सुखद् पक्ष भएको बताए ।
शर्माका अनुसार जिल्लामा पाइएका ३६८ संक्रमितमध्ये जम्मा ६ जनामात्र स्थानीयस्तरमै संक्रमित भएका हुन् । संक्रमितमध्ये अधिकांश भारत र तेश्रो मुलुकबाट आएकाहरु नै छन् ।
कोरोना संक्रमणबाट मृत्यु भएका तीन जनामा पनि अन्य रोगसमेत रहेको उनको भनाइ छ । सुरुमा मृत्यु भएका मदाने गाउँपालिकाका शिक्षकमा मुटु रोग र जन्डिस थियो भने धुर्कोट गाउँपालिकाका मृतक पुरुष क्यान्सरका बिरामी थिए । यस्तै छत्रकोटकोट गाउँपालिकाका अर्का पुरुषमा पक्षघात थियो ।


खबर सबै
-
बिरामीको भिडियो सामाजिक सञ्जालमा राखेपछि भैरहवाका डा. शाह माथी कार्वाहीको चेतावनी
-
मालपोत कार्यालय रुपन्देहीका सुब्बा दुई लाख घुससहित पक्राउ
-
सरकारी छाप र दस्तखत दुरूपयोग आरोपमा तीन जना पक्राउ
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?











प्रतिक्रिया